बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन « Khabarhub

बलिउडकी दिग्गज नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा निधन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडकी वरिष्ठ अभिनेत्री र ख्यातिप्राप्त नृत्याङ्गना मधुमतीको ८७ वर्षको उमेरमा बुधबार निधन भएको छ। भारतीय सिनेमामा उनको योगदान महत्वपूर्ण मानिन्छ । नृत्यकला र अभिनयमा असाधारण दक्षताका कारण उनीलाई बलिउडको सुनौलो युगका दिग्गज कलाकारहरू — विशेषगरी हेलेनसँग तुलना गरिन्थ्यो ।

उनको निधनको समाचार सार्वजनिक भएपछि बलिउड शोकाकुल बनेको छ । अक्षय कुमार, विन्दु दारा सिंह, चंकी पाण्डे र जसपिन्दर नारुला लगायतका कलाकारहरूले सामाजिक सञ्जालमार्फत गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उनलाई “साँचिकै सिनेमा र नृत्यकला जगतकी प्रेरणास्रोत” भनेर स्मरण गरेका छन्।

महाराष्ट्रमा सन् १९३८ मा जन्मेकी मधुमतीले १९५७ मा एक अप्रकाशित मराठी फिल्ममार्फत आफ्नो कलात्मक यात्रा सुरु गरेकी थिइन् । सानै उमेरदेखि नृत्यमा रुचि राख्ने उनी भरतनाट्यम, कथक, मणिपुरी र कथकलीजस्ता शास्त्रीय नृत्यशैलीमा पारंगत थिइन् । उनले आँखें, टावर हाउस, सिकारी र मुझे जीने दो जस्ता चर्चित फिल्महरूमा दमदार अभिनय र नृत्य प्रस्तुत गरेकी थिइन्, जसले उनलाई बलिउडको बहुमुखी प्रतिभा बनायो ।

मधुमतीको निजी जीवन पनि उतिकै चर्चित रह्यो । १९ वर्षको उमेरमा उनले वरिष्ठ नृत्यकार दीपक मनोहरसँग विवाह गरेकी थिइन् । दीपक उमेरमा धेरै ठूला थिए र पहिलेकी पत्नीको निधनपछि चार सन्तानका पिता थिए । मधुमतीकी आमा विवाहबारे असमञ्जसमा थिइन्, तर मधुमतीले आमाको इच्छाविपरीत आफ्नो प्रेम रोज्दै दीपकसँग वैवाहिक सम्बन्ध जोडिन् ।

सिनेमा र नृत्यकलामा समर्पित जीवन बिताएकी मधुमतीको निधनसँगै बलिउडले एउटा युग गुमाएको छ । उनी सधैं “कला र समर्पणको प्रतीक”का रूपमा सम्झिइरहनेछिन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : २४ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने