कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार « Khabarhub

कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा बिहीबार अज्ञात समूहद्वारा फेरी गोली प्रहार भएको छ । यो क्याफेमाथि भएको तेस्रो आक्रमण हो । 

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, कुख्यात ग्याङस्टर लरेन्स बिश्नोईसँग सम्बन्धित भनिने कुलवीर सिधुले सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गर्दै आक्रमणको जिम्मेवारी स्वीकारेका छन् र आम जनतालाई टाढा बस्न चेतावनी दिएका छन् ।

क्यानाडास्थित सरे पुलिस सर्विसका अनुसार, घटनास्थलमा पुगेपछि व्यवसायमा धेरै गोली लागेको पाइएको छ। घटना भएको समयमा क्याफेभित्र कर्मचारीहरू उपस्थित थिए, तर भाग्यवश कोही घाइते भएका छैनन् ।

क्याफेमा यसअघि पनि ९ जुलाई र ७ अगस्तमा हमला भइसकेको थियो। सामाजिक सञ्जाल एउटा स्टाटस पोस्टमा कुलदीप सिधु र गोल्डी ढिल्लनले भनेका छन्, ‘हामी तीन वटा गोलीवारिको जिम्मेवारी लिन्छौँ । हामीलाई आम जनता सँग कुनै समस्या छैन। जोसँग हाम्रो विवाद छ र जो अवैध काममा संलग्न छन् र पैसा तिर्दैनन्, उनीहरू तयार रहनुपर्छ।’

साथै, बलिउडमा धर्म विरोधी कुरा गर्नेहरूलाई चेतावनी दिइएको छ, ‘तयार रहनुहोस् गोली जहाँबाट पनि आउन सक्छ।’ प्रहरीले समुदायलाई सतर्क रहन र शंका लाग्दा तुरुन्त रिपोर्ट गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १ : ४५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग