लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी « Khabarhub

लुटिएकामध्ये ३९२ थान हतियार अझै गायब, बाहिरै छन् ६ हजार ७ सयै कैदी


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटिएका ९७८ थान हतियारमध्ये ३९२ थान अझै नभेटिएको जनाएको छ।

भदौ २४ गते राति १० बजेदेखि तीन दिनसम्म सडकमा निस्किएको सेनाले लुटिएकामध्येका आधाभन्दा धेरै हतियार बरामद गरे पनि अन्य नभेटिएका हुन् ।

शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत् देशभर भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने क्रममा सहायक रथी राजाराम बस्नेतले यसबारे जानकारी दिएका हुन् ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले खासगरी नेपाल प्रहरीले प्रयोग गर्ने एसएलआर, इन्सास, एसएमजी, अटोमेटिक पेस्तोल र ग्यास गनसहित सयौँ हतियार लुटेर लगेका थिए ।

त्यसैगरी सेनाले जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १५ हजार ८५८ जना कैदीमध्ये झन्डै आधा बाहिरै रहेको जनाएको छ।

सेनाको विवरणमा अझै पनि ६ हजार ७९९ जना कैदी फरार रहेको जनाएको छ। सेनाका अनुसार अहिलेसम्म ८ हजार ७८९ जना कैदी बन्दी पक्राउ परेर वा आफैं कारागारमा फर्किसकेका छ्न् ।

सेनाले यी सबै विवरणलाई हालसम्मका प्रारम्भिक तथ्यांक भनेको छ। सेनाले कैदी बाहिरै रहेको र हतियारहरू पनि बरामद भएको अवस्थामा देशको शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको पनि जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ४ : ३७ बजे

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान