ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न ! « Khabarhub

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न !


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका पत्रपत्रिकाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको समाचारलाई प्रमुख समाचारका रुपमा छापेका छन् । राजधानी दैनिकले मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु शीर्षकमा मुख्य समाचार छापेको छ । बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो ।

त्यस्तै पत्रिकाले हेलिकोप्टर दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयलाई पनि पहिलो पृष्ठमा छापेको छ । मन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिने, आज राष्ट्रिय शोक र सार्वजनिक विदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न शीर्षकमा अर्को समाचार छापेको छ । हेलिकोप्टर दुर्घटनाको विषयमा हेलिकोप्टरको यात्रु क्षमतामा समेत प्रश्न उब्जिएको उल्लेख गरेको छ । पहाडी क्षेत्रको उडानमा सो प्रकारको हेलिकोप्टर दुर्घटनामा सात जनाको संख्या अत्याधिक भएको र क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने भन्दै राजनीतिक नेतृत्वबाटै शंका व्यक्त गरिएको छ । गृहमन्त्रालयले भने खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

त्यसैगरी पत्रिकाले भारत–पाक तनाव थप चुलिँदो शीर्षकमा अर्को समाचार छापेको छ । कश्मिर आतंकवादी हमलापछि उब्जिएको अवस्थाका विषयमा जवाफ दिनु बाध्यता भयो र दियौंः पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाइ उल्लेख गरिएको छ । त्यसैगरी एक अर्काका लडाकु विमान खसालेको भारत र पाकिस्तान दुवै देशको दाबी छ । यो अवस्थाले भारत र पाकिस्तानका आधा दर्जन बढी विमानस्थल बन्द भएका छन् ।

भारत–पाकिस्तानबीचको द्वन्द्वले चरम रुप लिने संकेत देखिएपछि शान्ति कायम गर्न विश्व समुदायले अपिल गरेका छन् भने दुवै देशलाई संयमता अपनाउन तथा तनाव समाधान गर्न नेपालको परराष्ट्र मन्त्रालयले आग्रह समेत गरेको छ ।

त्यसैगरी पत्रिकाले राज्यकोषको अनियन्त्रित दोहन रोक शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट धमाधम करोडौं रुपैयाँ वितरण गरिहेको छ । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको पहुँचका आधारमा निकटहरुले आर्थि सहायता पाउने प्रवृत्तिमा कमी नआएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ०१ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था