ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न ! | Khabarhub Khabarhub

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न !


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका पत्रपत्रिकाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको समाचारलाई प्रमुख समाचारका रुपमा छापेका छन् । राजधानी दैनिकले मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु शीर्षकमा मुख्य समाचार छापेको छ । बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो ।

त्यस्तै पत्रिकाले हेलिकोप्टर दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयलाई पनि पहिलो पृष्ठमा छापेको छ । मन्त्री अधिकारीको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिने, आज राष्ट्रिय शोक र सार्वजनिक विदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

हेलिकोप्टरको क्षमतामाथि नै प्रश्न शीर्षकमा अर्को समाचार छापेको छ । हेलिकोप्टर दुर्घटनाको विषयमा हेलिकोप्टरको यात्रु क्षमतामा समेत प्रश्न उब्जिएको उल्लेख गरेको छ । पहाडी क्षेत्रको उडानमा सो प्रकारको हेलिकोप्टर दुर्घटनामा सात जनाको संख्या अत्याधिक भएको र क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने भन्दै राजनीतिक नेतृत्वबाटै शंका व्यक्त गरिएको छ । गृहमन्त्रालयले भने खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

त्यसैगरी पत्रिकाले भारत–पाक तनाव थप चुलिँदो शीर्षकमा अर्को समाचार छापेको छ । कश्मिर आतंकवादी हमलापछि उब्जिएको अवस्थाका विषयमा जवाफ दिनु बाध्यता भयो र दियौंः पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाइ उल्लेख गरिएको छ । त्यसैगरी एक अर्काका लडाकु विमान खसालेको भारत र पाकिस्तान दुवै देशको दाबी छ । यो अवस्थाले भारत र पाकिस्तानका आधा दर्जन बढी विमानस्थल बन्द भएका छन् ।

भारत–पाकिस्तानबीचको द्वन्द्वले चरम रुप लिने संकेत देखिएपछि शान्ति कायम गर्न विश्व समुदायले अपिल गरेका छन् भने दुवै देशलाई संयमता अपनाउन तथा तनाव समाधान गर्न नेपालको परराष्ट्र मन्त्रालयले आग्रह समेत गरेको छ ।

त्यसैगरी पत्रिकाले राज्यकोषको अनियन्त्रित दोहन रोक शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट धमाधम करोडौं रुपैयाँ वितरण गरिहेको छ । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको पहुँचका आधारमा निकटहरुले आर्थि सहायता पाउने प्रवृत्तिमा कमी नआएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ७ : ०१ बजे

सङ्घीय व्यवस्थाअनुसार मानसिकता बदल्न आवश्यक : नेता सिटौला

इटहरी – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड