विश्वकप छनोटको उपाधि नेपालको पोल्टामा : खेलाडीले जनही साढे १९ लाख रुपैयाँ पाउने « Khabarhub

 विश्वकप छनोटको उपाधि नेपालको पोल्टामा : खेलाडीले जनही साढे १९ लाख रुपैयाँ पाउने


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर उपाधि चुमेको हो।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

यससँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै खेलकुद विकास नियमावली २०७९ अनुसार उक्त नगद पुरस्कार रकम दिने घोषणा गरिसकेको छ ।

खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएपछि खेलाडीहरूले यो पुरस्कार पाउने भएका हुन् ।

नियमावलीको अनुसूची ४ अन्तर्गतको व्यवस्थाअनुसार यदि नेपालले विश्वकप नै जिते खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

यस्तै, उपविजेता भएमा जनही २६ लाख रुपैयाँ र तेस्रो भएमा १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ ।

विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

नेपालले ११ वर्षपछि पहिलो पटक आईसीसीका प्रतियोगितामा उपाधि जितेको हो । यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

पछिल्लो पटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन फोरको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो ।
सन् २०१४ यता आईसीसीको आयोजनामा गरिने छनोटलगायत कुनै पनि प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।

नेपालले यस पटक समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । कुवेत समूह चरणबाट अघि नबढेकाले जापानसँगको जितको २ अंक बोकेर सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

तेस्रो खेलमा ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्यो र उपाधिकै नजिक पुगेको थियो । छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी-२० विश्वकपको टिकट काटिसकेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३१ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका