अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि « Khabarhub

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टि ट्वान्टी छनोटको उपाधि


३१ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्न सफल भएको छ ।

शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्‍यो ।

नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।

जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे ।

त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे ।

नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले ओमनलाई ३८ रनले पराजित गरेको थियो । त्यसैगरी नेपालले कतारलाई पाँच रन, यूएईलाई एक रनले पराजित गरेको थियो ।

ग्रुप बीमा रहेको नेपालले समूह चरणमा जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३७ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई