एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा « Khabarhub

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा


१ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ । सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।

जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ८ : ५८ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने