निखिल र वर्षालाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने, मंसिरबाट छायाङ्कन « Khabarhub

निखिल र वर्षालाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने, मंसिरबाट छायाङ्कन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘कस्तुरी’ निर्माण गरिने भएको छ ।

निर्माण पक्षले आइतबार फिल्म निर्माणको औपचारिक निर्माणको घोषणा गरेको हो ।

फिल्मको निर्देशन ऋत बोहोराले गर्ने भएका छन् । कथा पनि बोहोराले नै लेखेका हुन् । उनका अनुसार यो फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ ।

फिल्मको कथा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्र जस्ता घटनामा आधारित रहेको उनको भनाइ छ ।

व्यवसायी धिरज अग्रवालले यो फिल्ममा लगानी गर्ने भएका हुन् । उनको यो डेब्यू फिल्म हो । टेन इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म बन्ने बताइएको छ ।

फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चपागाईं र निर्मल शर्मा पनि मुख्य भूमिकामा रहने बताइएको छ ।

निर्देशक बोहोराका अनुसार यो फिल्मको छायाङ्कन मंसिरदेखि सुरु हुनेछ । काठमाडौं र आसपासका क्षेत्रमा यसको छायाङ्कन हुने उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ४३ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख