फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचारको काम सुरु गरेको छ ।

तीन पोस्टरमा फिल्मका पाँच शीर्ष कलाकार नायकहरु सौगात मल्ल, सुलक्षण भारती, नाजिर हुसेन, नायिका वर्षा राउत र बालकलाकार मञ्जिला बानियाँलाई फिचर्ड गरिएको छ ।

एक पोस्टरमा वर्षा, नाजिर र मञ्जिलालाई फिचर्ड गरिएको छ । वर्षा र नाजिर विवाहित जोडी मञ्जिला उनीहरुको छोरीको भूमिकामा रहेको पोस्टरले संकेत गर्छ ।

अर्को पोस्टरमा सुलक्षणलाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ । उनको शरीरमा कपडाको रुपमा लगौटी मात्रै छ । गलामा पोते लगाएका छन् भने हातमा हतियार छन् ।

सौगत भने पश्चिमी हिमाली भेगको अधवैशे पुरुषको भूमिकामा प्रस्तुत छन् ।

यी पोस्टरहरुले फिल्मप्रतिको दर्शकको कौतुहलता बढाउन सक्ने देखिन्छ ।

यस फिल्ममा वेनिशा हमाल, बेगम नेपाली, बिनोद न्यौपाने र रियर राईको पनि अभिनय रहेनेछ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् । निर्देशक पनि सुनार नै हुन् । पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ