‘परान’ ट्रेलर सार्वजनिक, लामो समयपछि नीर शाह शीर्ष भूमिकामा « Khabarhub

‘परान’ ट्रेलर सार्वजनिक, लामो समयपछि नीर शाह शीर्ष भूमिकामा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले न्युरोडस्थित एक हलमा शनिबार कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह रहेको स्पष्ट पारेको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू मदकृष्ण श्रेष्ठ, नायकहरू प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरू केकी अधिकारी, अञ्जना बराइली र पुजा चन्दलाई स्थान दिइएको छ ।

यो फिल्मले पारिवारिक कथा पस्कने ट्रेलरले बताउँछ । फिल्मका निर्देशक दीपक आर्चाय ‘काकु’का अनुसार जीवनको उत्तारार्धमा आफ्ना सन्ताको सामाीप्यता खोज्ने एक बुवाको संवेदनालाई ‘परान’मार्फत देखाउन खोजिएको छ ।

नीर शाह लामो समय पश्चात् ‘परान’मा शीर्ष भूमिकामा देखिन लागेका हुन् ।

टेलिसिरियलबाट चर्चामा आएका ‘काकु’ले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । उनले यस फिल्मको कथा लेखेका हुन् भने पटकथा यम थापाले तयार परेका हुन् ।

व्यापारिक घरना गोल्छा समूहर र प्रिज्मा समूहको साझेदारीमा स्थापनमा भएको कम्पनी ‘बाएस्को सिनेमा प्रालि’ले यो फिल्म निर्माण गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ३७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य