‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख « Khabarhub

‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती दुई दिनमा दर्शकबाट राम्रो साथ पाएको छ ।

बोर्डका अनुसार पहिलो दिन शुक्रबार यस फिल्म हेर्न २१ हजार २९४ दर्शक हलमा पुगेका थिए । यो दिन फिल्मले ७२ लाख ५९ हजार ४०८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

यस फिल्मको ग्रस कलेक्सन शुक्रबारको तुलनामा शनिबार बढेको छ । यस दिन ८६ लाख ३८ हजार २१० रुपैयाँ बराबराको ग्रस कलेक्सन भएको छ । २६ हजार ४३३ टिकट बिक्री हुँदा उक्त बराबरको ग्रस कलेक्सन भएको हो ।

यस फिल्मको सुरुवाती दुई दिनको ग्रस कलेक्सन एक करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ पुगेको छ ।

यो ग्रस कलेक्सन औषतभन्दा निकै उच्च हो ।

ट्रेलरदेखि नै चर्चा पाएको यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । आइतबार पनि यो फिल्म उच्च अकुपेन्सीका साथ चलेको छ ।

यस फिल्ममा अनमोलसहित नायिकाहरु जसिता गुरुङ र आँचल शर्मा शीर्ष भूमिकामा छन् । नायक भुवन केसी र केदार घिमिरे ‘माग्ने बूढा’ पनि मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ४९ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम