शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री शिवरतन शारडाको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

श्री शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो । बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ  ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) शेयर धनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । 

साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड रुपैयाँ मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ । 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ४१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब