गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ « Khabarhub

गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा राजसंस्थालाई पनि समेटेर नयाँ विकल्पमा जानुपर्ने कुरा अघि सारिएको छ ।

नेता गोपालमान श्रेष्ठले निधेषको राजनीति त्यागेर सहकार्य, सह-अस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने आवश्यकतासहित राजसंस्थाला स्पेस दिनुपर्ने कुरा ल्याएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी आन्दोलनकारीलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताए ।

‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन–जी आन्दोलनमा फरक मत राख्ने सबै शक्तिलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’, उनले भने, ‘यो अत्यन्त आवश्यक रहेको विषय हो ।’

राष्ट्रियता, सार्वभौमसत्ता कायम राख्दै आन्तरिक र बाह्य हस्तक्षेपबाट मुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने उनले बताए । ‘अब हामीले ढिला गर्यौं भने समयले पर्खिँदैन । अब हामीले द्रूत गतिले यसबारे सोच्नुपर्छ,’ उनले भने ।

आफू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले दलभन्दा माथि उठ्न चाहेको पनि बताए ।

राष्ट्रिय एकता र सर्वपक्षीय भेलाको आयोजनामा सक्रिय रुपमा लागि पर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

अहिले दलहरूलाई गैरसरकारी संस्थामार्फत् विस्थापित गर्ने र निषेधको नीति अपनाउने प्रपञ्च भइरहेको उनले बताए ।

‘अहिले दलहरूमाथि निषेधको नीति अपनाइएको छ । लोकतन्त्रको नाममा दललाई एनजीओद्वारा विस्थापित गर्ने प्रपञ्चको शिकार हामी बनेका छौँ’, उनले भने, ‘यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामा खतरा उत्पन्न गरिरहेको छ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ३९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको