निलम्बनमा परे एन्फा महासचिव किरण राई « Khabarhub

निलम्बनमा परे एन्फा महासचिव किरण राई


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई निलम्बन गरेको छ।

एन्फाका कार्यवाहक अध्यक्ष वीर बहादुर खड्काले आइतबार राईलाई आजदेखि लागू हुनेगरी अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव पदबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

राईसँग संघको विधान, विधि र पद्धति विपरीत कार्य गरेको विषयमा ३ दिनभित्र स्पष्टीकरण सोधिएको थियो। तर उक्त समयमा राईले कुनै जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको एन्फाले जनाएको छ।

पत्रमा भनिएको छ, ‘संघको साधारण सभा र कार्यसमितिको म्यान्डेटलाई वेवास्ता गर्दै फुटबल खेलको विकासमा दीर्घकालीन असर पार्ने गरी कार्य गर्नुभएकोमा त्यस सम्बन्धमा स्पष्टिकरण मागिएको थियो। उक्त समयमा जवाफ नआएकाले आजदेखि लागू हुने गरी तपाईंलाई महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँछौं।’

संघले निलम्बन अवधिसम्मका लागि सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको जनाएको छ। एन्फाको यो निर्णयबारे महासचिव किरण राईको प्रतिक्रिया आएको छैन।

एन्फा फिफा, एएफसी तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता प्राप्त निकाय हो।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ४७ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी