बानेश्वर बृत्तका प्रहरीको बर्दी खोलेर खोलामा धकेल्ने व्यक्तिले लुटेका थिए एसएलआर « Khabarhub

बानेश्वर बृत्तका प्रहरीको बर्दी खोलेर खोलामा धकेल्ने व्यक्तिले लुटेका थिए एसएलआर

त्यसअघि नै खेपिरहेका थिए दुईवटा मुद्दा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ छन्।

घिसिङले भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेका थिए। उनले बानेश्वर बृत्तबाट प्रहरीको एक थान एसएलआर राइफल लुटेर लगेको भिडियो र फोटो भाइरल भएको थियो ।

त्यसक्रममा उनले प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, बागमती खोलामा कुटपिट गर्ने र हतियार तथा गोलीगठ्ठा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा उनलाई आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार, घिसिङ यसअघि पनि २०७९ असोज ४ र फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुरका दुईवटा मुद्दामा फरार अभियुक्त रहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका घिसिङमाथि अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ४९ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद