निर्वाचन आयोगमा जेन-जीको पार्टी : श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष « Khabarhub

निर्वाचन आयोगमा जेन-जीको पार्टी : श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नयाँ नयाँ दल दर्ता गराउने क्रम जारी छ ।

नयाँ दल दर्ता गराउनेमा बुद्ध एयरका मालिकदेखि सर्वसाधारणसमेत छन्।

सोमबार आयोगमा राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन पुगेको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दिएको जानकारी अनुसार  किरण विक (हिरा प्रसाद सेती) लाई अध्यक्ष राखेर दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनलाई आयोगले ५३९ नम्बरमा दर्ता गरेको छ।

निवेदन दिएपछि विकले भनेका छन्, ‘जेन-जी क्रान्तिले देशभरका युवामा राजनीतिक चेतना आएको छ । त्यस चेतनालाई राजनीतिक पुँजीमा रूपान्तरण गर्दै आगामी निर्वाचनमार्फत् नयाँ नेतृत्वको आधार बनाउनुपर्ने भएको छ ।’

निवेदनमा उनीहरूले निर्वाचन चिह्न क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाएको छ ।

उक्त जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक छिन् । उनी अध्यक्ष हिरा विककी पत्नी हुन् । महासचिवमा गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठलाई राखिएको छ ।

यो पार्टीमा रहेकामध्ये किरण जेन-जी आन्दोलनमा होमिएका युवक हुन् । उनी दलित अधिकार र युवा सशक्तीकरणको काममा पनि लागेका छ्न् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : २८ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६