विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए « Khabarhub

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् ।

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।

प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । थेबे‍ले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका रहेको बताइएको छ। गुण्डागर्दीमा सलंग्न थेबे पटके हुन् । व्यवसायीका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेबेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता उठाउँथे ।

गुण्डागर्दी, मिटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा (एमाले)का नेताले नपक्रिन भन्दै दबाब दिएका थिए ।

प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे)लाई पक्राउ गरेको थियो ।

प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरूको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।

उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रममा युवा भेला पारेर उनले लैजाने गरेका थिए ।

थेबै तिनै हुन्, जो प्रहरीले निकाल्ने अभियुक्तको सूचीमा परिरहन्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिन सक्ने १३१ गुण्डाको सूचीमा पनि उनी थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसअघि महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा उनी पनि थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ८ : १४ बजे

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक