यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी « Khabarhub

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगारिने काम भइरहेको छ । छठ पर्व नजिकिँदै गएपछि वीरगञ्जसहित पर्सा जिल्लामा अवस्थित विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रूपमा सिँगारिने काम भइरहेको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले छठ पर्वका लागि आवश्यकपर्ने सामानको जोहो गर्न किनमेल गर्नेको भीड पनि विस्तारै देखिन थालेको छ । वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठ पर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिसकेको जानकारी दिए ।

“हामीले गत वर्षकोभन्दा पनि यसपालीको छठमा घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलीमिली र झकिझकाउ सजावटले पनि धेरै दशनार्थीलाई आकर्षित गर्नेगरी काम थालिसकेका छौँ”, उनले भने, “यो वर्ष पनि विगतको वर्षमा जस्तै भव्य र सभ्य गरी छठ पर्व मनाइनेछ”, अध्यक्ष कानुले छठ पर्वको शृङ्गार तथा सजावटको अन्तिम काम भने तिहारपछि तीव्र गतिमा हुने बताए ।

“वीरगञ्जको घडीअर्वाको छठ पर्व हेर्नका लागि छिमेकी मुुलुक विहार राज्यका विभिन्न जिल्ला र नेपालका पनि विभिन्न सहरबाट सर्वसाधारण आउनुहुन्छ । त्यसैले पनि यसको रौनकता बढ्दै गइरहेको छ ।” घडीअर्वाको छठ पर्वमा मात्रै एक लाखभन्दा धेरैले दर्शनार्थीले हेर्ने आयोजकको दाबी छ । तराई–मधेसका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतिको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन् ।

यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक १० गते कातिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । “छठपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो”, उनले भने ।

“वीरगञ्जको घडीअर्वा पोखरीमा छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आकर्षण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ ।” घडीअर्वाको छठ व्यवस्थापनका लागि करिब रु २२ लाख खर्च लाग्ने बताइएको छ । अध्यक्ष कानुले घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : १९ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको