आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’ « Khabarhub

आमा कहिले बन्ने? भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘हाम्रो डमरु ढिलो आउँछ, कडा आउँछ’


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई धेरैले चासोका रुपमा हेर्ने गर्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको ३ वर्ष भयो । बिहेपछि स्वस्तिमा खड्काको झनै भाग्य चम्किएको छ । फ्यानले स्वस्तिमालाई राष्ट्रिय भाउजू पनि भन्ने गर्छन् ।

निश्चल र स्वस्तिमा दुवै आ–आफ्नो काममा व्यस्त छन् । यतिबेला भने दुवैले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ को चर्चा छ । दर्शकमा चासो के छ भने निश्चल र स्वस्तिमा आमाबाबु कहिले बन्दैछन्?

सोमबार (आज) राजधानीमा चलचित्र ‘घामड शेरे’ को ट्रेलर रिलिज कार्यक्रम थियो । उक्त कार्यक्रममा निर्देशक र फिल्मका अन्य कलाकारसँगै निश्चल र स्वस्तिमा पनि उपस्थित थिए । कार्यक्रममा पत्रकारले निश्चललाई सोधे – निश्चल र स्वस्तिमाको डमरु कहिले आउँछ?

फिल्ममा निश्चल ‘शेर’ को भूमिकामा देखिएकाले पत्रकारले ‘डमरू’ भन्दै प्रश्न गरेका थिए ।

यो प्रश्नले एकछिन कार्यक्रम हलमा हाँसो फैलियो । निश्चल र स्वस्तिमा पनि दुवै हाँसे । निश्चलले प्रश्न सोध्ने पत्रकारकै पेट लागेको भन्दै टार्न खोजे । लगत्तै निश्चलको हातबाट स्वस्तिमाले माइक लिइन् र मुस्कुराउँदै भनिन् – हाम्रो चाहिँ डमरु ढिला आउँछ कडा आउँछ ।

यसबाट के बुझ्न सकिन्छ भने निश्चल र स्वस्तिमा सन्तानका लागि अझै तयार छैनन् । स्वस्तिमाले यसअघि आफू अहिले करिअरमै फोकस भएको बताएकी थिइन् । यता निश्चललले पनि एकपछि नयाँ फिल्म साइन गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : २६ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई