निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स « Khabarhub

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले आफ्नो निजी जीवनमा प्रहार गर्दै षड्यन्त्रपूर्वक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, ‘तपाईंहरू जसलाई चाहनुहुन्छ त्यसलाई विभिन्न सेग्मेन्टका लागि छनोट गर्न सक्नुहुन्छ, तर युट्युबको कुर्सीमा बसेर कसैको जीवनलाई उपहास गर्ने काम लाजमर्दो हो।’

उनले प्याराडाइम टिभीको नाम नै लिएर आक्रोश पोखेका हुन् । ‘तपाईंहरूले मेरोविरुद्ध बनाएको सामग्री पूर्णतः षड्यन्त्रपूर्ण र मेरो व्यक्तिगत जीवन, गरिमा र गोपनीयता नष्ट गर्ने उद्देश्यले तयार गरिएको छ’, उनले भनेका छन्, ‘यो च्यानलले जानाजान मेरो मानसिक शान्ति र प्रतिष्ठामा चोट पुर्‍याउने गरी व्यक्तिगत चरित्र हत्या गर्ने योजनाबद्ध प्रयास गरेको हो।’

सन्दीपले यस कार्यलाई जानाजान मानसिक दबाब सिर्जना गर्ने र आफ्नो च्यानलको व्यावसायिक फाइदाका लागि मेरो निर्दोष जीवन र खेलकुद करियरको दुरुपयोग गर्ने दुर्भावनापूर्ण प्रयास भनेका छन्।

उनले थप चेतावनी दिँदै सीमा ननाघ्न पनि भनेका छन् । ‘फेरि कहिल्यै आफ्नो सीमा ननाघ्नुहोस्। तपाईंहरूको च्यानल प्याराडाइम टिभी र त्यसमा ठाउँ पाएका व्यक्तिहरूलाई लाज हुनुपर्छ, जसले मेरो चरित्र हत्या गर्न खोजे’, उनले भनेका छन् ।

यसैबीच, सन्दीप संलग्न टोली बिराटनगर किंग्सले पनि विज्ञप्ति जारी गर्दै उनको समर्थन जनाएको छ। टोलीले भनेको छ,
‘सन्दीप नेपाली क्रिकेटको मात्र नाम होइन, उनी मेहनत, धैर्यता र असाधारण प्रतिभाको प्रतीक हुन्, जसले नयाँ पुस्तालाई प्रेरणा दिएका छन्। कसैको व्यक्तिगत संघर्षलाई मनोरञ्जनका लागि उपहास गर्नु या सनसनी बनाउनु अत्यन्तै दुःखद र खेलकुदको आत्मासँग प्रतिकूल छ।’

टोलीले आफूहरू सन्दीपको साथमा रहेको जनाएको छ । ‘हामी सन्दीपसँग छौं’ खेलमैदानमा उनको उपलब्धिको लागि मात्र होइन, मैदानबाहिर पनि उनको धैर्यता, संयमता र खेलप्रतिको समर्पणका लागि’, टिमले भनेको छ, ‘हामी सबैलाई आग्रह गर्छौं, उपहास होइन सहानुभूति रोजौं, तिरस्कार होइन सम्मान र सनसनी होइन सत्यका लागि उभिऊँ।’

विराटनगर किंग्सले सबैको व्यक्तिगत कुराको सम्मान गर्नुपर्ने बताएको छ । ‘आउनुहोस्, क्रिकेटको आत्मा जोगाऔं, मर्यादा, इमानदारी र प्रत्येक व्यक्तिप्रतिको सम्मानसहित’, अगाडि भनिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ३४ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा