नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला « Khabarhub

नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा रहेको ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला परेको छ। पर्यटन विभागले आरोहणखुला गरेको एक वर्षपछि सेभेन समिट ट्रेकमार्फत तीन विदेशी आरोहीले हिमालको सफल आरोहण गरेका हुन्।

इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स, र पोल्याण्डका आडमले १५ घण्टाको समय लगाएर आइतबार हिमालको सफल आरोहरण गरेको विभागले जनाएको छ।

पर्यटन व्यवसायी फुछिरी शेर्पाका अनुसार यो सफलतासँगै यी तीन आरोहीले नुम्बुर हिमाल आरोहणको इतिहास रचेका छन्।

सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाललाई दुधकुण्ड तालको शीर मानिन्छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुर आरोहण सफल भएसँगै यस क्षेत्रको पर्यटनमा नयाँ ढोका खुलेको बताए।

सफल आरोही टोलीलाई वडाध्यक्ष छोङ्बा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पालगायतले संयुक्त रूपमा स्वागत गरेका थिए।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : २९ बजे

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल