शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल « Khabarhub

शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फेसबुकमा सार्वजनिक जुहारी चलेको छ।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरूलाई गृहमन्त्री अर्यालले प्रहरीमार्फत छुटाउन दबाब दिएको आरोप पछिल्लो केही दिनदेखि चर्चामा छ।

उनले जेन-जी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङसहित करिब पाँच दर्जन व्यक्तिलाई प्रहरी हिरासतबाट निकालेको आरोप लाग्दै आएको छ।

त्यही पृष्ठभूमिमा एमाले महासचिव शंकर पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना गरेका छन्।

उनले हिंसा र तोडफोडका घटनालाई सामान्यीकरण गर्न खोज्नु गलत रहेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।

पोखरेलले लेखेका छन्, ‘भदौ २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानुन अनुसार कारबाही हुनैपर्छ’, पोखरेलले भनेका छन्, ‘विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेन (बालेन्द्र साह) जी ले राजनीतिक दलहरूलाई दोषारोपण गरेर ‘पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’

उनले नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताएका छन् उनले यसमा एमालेको पूर्ण सहयोग रहने पनि बताएका छन् ।

तर पोखरेलले यसो लेखेपछि गृहमन्त्री ओमप्रकाश अर्याल रिसाएका छन् ।आफूलाई बालेनले निर्देशन दिएको भन्दै लेखिएको कुरामा उनले चित्त दुखाएका छन् ।

पोखरेलको भनाइमा आपत्ति जनाउँदै उनले आफूले गरिरहेको कर्तव्य पालनाको कुरामा टिप्पणी नगर्न पनि भनेका छन् । ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाईं यसरी तथ्यहीन कुरा नगर्नुस् है। मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु’, उनी भन्छन्, ‘अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ? पार्टी महासचिव जस्तो व्यक्ति सत्य बुझिबुझी यति हावादारी नबन्नुहोस्। समाजमा हावादारी र गफाडी भडुवाहरूको कमी छैन। तपाईं जस्तो जिम्मेवार व्यक्ति किन थपिनु हुन्छ?’

गृहमन्त्री अर्यालले आफूहरू सरकारमार्फत् शान्ति सुरक्षा कायम गर्न लागिरहेको बताएका छन् ।

‘हामी सरकारमार्फत् शान्ति सुरक्षा, सुशासन, राष्ट्रिय सुरक्षा, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्छौं’, उनले बिहीबार पोखरेलको वालमा कमेन्टसहित भनेका छन्, ‘आज भाइटीका मनाउने दिन हो, स्वधर्मको पनि पालना गर्नुहोस्। भाइटीकाको शुभकामना !’

यसअघि नेपाल प्रहरी विभिन्न स्थानमा आगजनी र तोडफोड गरेको आरोपमा कम्तिमा ५० जनालाई पक्राउ गरेको थियो । तर अहिले उनीहरूलाई कारबाही नगर्न अर्यालले निर्देशन दिएपछि सुधन गुरुङले छुटाएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : २७ बजे

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको