करेन्ट लागेर एक महिलाको मृत्यु « Khabarhub

करेन्ट लागेर एक महिलाको मृत्यु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : १० बजे

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक