त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानसँग नेपाल ३–० ले पराजित « Khabarhub

त्रिदेशीय मैत्रीपूर्ण फुटबल : इरानसँग नेपाल ३–० ले पराजित


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोली इरानसँग पराजित भएको छ । शुक्रबार साँझ भारत शिलोङस्थीत जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

इरानविरुद्ध नेपाली टोलीले केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल भने गर्न सकेन । यो प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २–० ले पराजित गरिसकेको छ।

नेपालले सात वर्षपछि इरानसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिएको थियो ।यो खेलमा करिब ५ महिनापछि गोल रक्षक अञ्जिला तुम्बाप्पो सुब्बा पोस्ट सम्हाल्न फर्किएकी थिइन् । अञ्जिलाले यसअघि गत जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। त्यस खेलमा नेपाल पराजित भएको थियो ।

यो प्रतियोगितामा नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्ने तालिका छ। यस प्रतियोगितापछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : १० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको