काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू थिए । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन् ।’
उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताए ।













प्रतिक्रिया