विश्वकप लिग–२ अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

विश्वकप लिग–२ अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपालले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग–२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलाकाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ ।

नेपाली टिममा कप्तान पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अनिल शाह, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले स्थान पाएका छन्।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म युएईमा हुँदैछन्।

नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गरेको हो । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ ।

शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको भेट तय गरेको नेपालले शृङ्खलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ।

२० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : ०३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार