मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की, राष्ट्रपति कार्यालयमा साढे २ बजे तयारी गर्न अनुरोध « Khabarhub

मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की, राष्ट्रपति कार्यालयमा साढे २ बजे तयारी गर्न अनुरोध


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने पक्कापक्की भएको छ ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज चारजना मन्त्रीले शीतल निवासमा शपथ खाने छन् । 

स्रोतका अनुसार डाक्टर सुधा शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइनेछ। यस्तै गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

यता राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार राष्ट्रपति कार्यालयमा साढे २ बजे शपथको तयारी गर्न भनिएको छ। 

‘साढे २ बजे शपथको तयारी गर्नु भनेर सामान्य जानकारी गराइरहेको छ। त्यसपछि पुन कुरा भएको छैन ।’ उनले खबरहबलाई भनिन,’ कति के भनेर नामहरू पुरै डिटेलमा आइसकेको छैन। तर हामीले तयारी गरिरहेका छौं ।’

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ०५ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७