मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की, राष्ट्रपति कार्यालयमा साढे २ बजे तयारी गर्न अनुरोध « Khabarhub

मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की, राष्ट्रपति कार्यालयमा साढे २ बजे तयारी गर्न अनुरोध


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने पक्कापक्की भएको छ ।

प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार आज चारजना मन्त्रीले शीतल निवासमा शपथ खाने छन् । 

स्रोतका अनुसार डाक्टर सुधा शर्मालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइनेछ। यस्तै गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, खगेन्द्र सुनुवारलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

यस्तै बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

यता राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार राष्ट्रपति कार्यालयमा साढे २ बजे शपथको तयारी गर्न भनिएको छ। 

‘साढे २ बजे शपथको तयारी गर्नु भनेर सामान्य जानकारी गराइरहेको छ। त्यसपछि पुन कुरा भएको छैन ।’ उनले खबरहबलाई भनिन,’ कति के भनेर नामहरू पुरै डिटेलमा आइसकेको छैन। तर हामीले तयारी गरिरहेका छौं ।’

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ०५ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ