सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल « Khabarhub

सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गौतमले शीतल निवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गरेकी थिइन् ।

तर खगेन्द्र अनेक काण्ड र गम्भीर अपराधका घटनामा जोडिएकाले मन्त्री हुनबाट बञ्चित भए । उता यसअघि पर्यटन मन्त्री बनाउने तयारी गरिएका गणपतिलालको अन्तिम समयमा मन्त्रालय फेरिएको थियो। मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिएको छ ।

खगेन्द्रको विवादले शपथ रोकिँदा गणपतिलालको भने मन्त्रालय हेरफेरले कुरा मिलेन । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खगेन्द्र सुनार, डा.सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री बनाउन लागेकी थिइन् । तर खगेन्द्र आपराधिक घटना र गम्भीर विवादमा मुछिएर मन्त्री हुने अवसरबाट बञ्चित भएका छन् ।

सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तय भएको थियो । खगेन्द्रसँगै रोकिएका गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो ।

अन्तिम समयमा उनको मन्त्रालय फेरेर भूमिसुधारको जिम्मेवारी दिने निर्णय भएको थियो । तर मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिन पुगेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ३१ बजे

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा