निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो | Khabarhub Khabarhub

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च अकुपेन्सीका साथ दशौं दिनमा प्रदर्शनरत छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले पहिलो सातामै ५ करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

दोस्रो सातामा पनि यस फिल्मको अकुपेन्सी उच्च छ । निर्माता सरोज न्यौपानेको दाबी अनुसार प्रदर्शनको नवौ दिन शनिबार मात्रै यस फिल्मले एक करोडमाथि ग्रस कलेक्सन गरेको छ ।

फिल्मले शनिबार एक करोड एक लाख ३२ हजारको व्यापार गरेको निर्माता न्यौपानेको दाबी छ ।

चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्स अफिसको आकडाअनुसार शनिबार फिल्मले उक्त रकम बराबर ग्रस कलेक्सन गरेको देखिएको उनले बताए ।

पहिलो दिनको भन्दा नवौ दिनमा फिल्मले बढी व्यापार गरेको पाइएको छ । यस फिल्मले पहिलो दिन ७२ लाखको व्यापार गरेको थियो ।

निर्माण पक्षले अहिलेसम्मको पूरा ९ दिनको ग्रस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

तिहार लक्षित गरेर तीन फिल्म ‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएका थिए । यी तीन फिल्मसँग प्रतिस्पर्धा गर्दा पनि ‘जेरी अन टप’को अकुपेन्सीमा कमी आएको छैन ।

यस फिल्ममा अनमोलसहित नायिकाहरु जशिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, नायक भुवन केसी, कलाकार केदार घिमिरे मुख्य भूमिकामा रहेका छन् ।

यसको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : १९ बजे

सरकारले वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त नगर्ने

काठमाडौँ– सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त

छठ पर्वलाई भव्य र सुरक्षित बनाउन काठमाडौं महानगरको विशेष तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूर्य उपासनाको पर्व छठलाई भव्य र

नवनियुक्त खेलकुदमन्त्री गुप्तामाथि शोभा पाठकको यस्तो आरोप

काठमाडौँ– आइतबार (आज) युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि

नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान

काठमाडौँ– नेपालीलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गाैला बेच्ने गरेको आरोप

छठका लागि बेहुली झैँ सिँगारियो घडिअर्वा पोखरी (तस्बिरहरू)

वीरगन्ज – वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुली झै सिंगारिएको