काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा अमेरिकाले नेपाललाई २६३ रनको चुनौती दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समित पटेल र मिलिन्द कुमारले विशाल साझेदारी गरेपछि नेपालले विशाल चुनौती पाएकोको हो ।
टस हारेर पहिला ब्याटिङमा गएको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर २६२ रन जोडेको हो ।
अमेरिकालाई विशाल स्कोरतर्फ लाने क्रममा समितले ७५ रनको योगदान दिए । अमेरिकाको तर्फबाट तेस्रो विकेटका लागि मिलिन्दसँग समितले ९५ रनको साझेदारी गरे गरे ।
उता मिलन्दले ७० रन जोडे । अमेरिकाका लागि स्यातेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रनको योगदान दिए ।
बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट झारे। १० ओभर बलिङ गरेका सन्दीपले ५६ रन दिए । नेपालका लागि सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत १/१ विकेट झारे।













प्रतिक्रिया