अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड « Khabarhub

अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ३१ बाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले १२ करोडमाथि व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

नायक अनमोल केसी र निर्माता सरोज न्यौपानेले फिल्मले सुरुवाती १० दिनमा १२ करोड ग्रस कलेक्सन गरेको सामाजिक सञ्जालमा दाबी गरेका हुन् ।

विश्वव्यापीरुपमा यो फिल्मको ग्रस कलेक्सन उक्त रकम बराबर पुगेको उनीहरुको दाबी छ ।

अनमोलले फेसबुकमा लेखेका छन्, ‘अंकहरु भन्दा पनि ठूलो कुरा तपाईंहरुको माया हो । धन्यवाद तपाईंहरु सबैलाई, जसले जेरी अन टपलाई हृदयमा स्थान दिनुभयो । यो खुसी तपाईंहरुको हाँसो, ताली र समर्थनको उपहार हो ।’

नेपालमा यो फिल्म उच्च अकुपेन्सीका साथ १० औं दिनमा प्रदर्शनरत छ । घरेलु बजारमा यो फिल्मले प्रदर्शनको नवौं दिन शनिबार एक करोड एक लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता सरोज न्यौपानेको दाबी छ ।

अर्थात्, पहिलो दिनको भन्दा नवौं दिनको व्यापारमा बढी भएको हो । यो फिल्मले पहिलो लिन ७२ लाख ग्रस कलेक्सन गरेको थियो ।

यस फिल्ममा नायक अनमोल केसी, नायिकाहरु जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, नायक भुवन केसी, कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेका छन् ।

यसको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ५ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको