नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान « Khabarhub

नेपालीलाई भारत पुर्याएर मिर्गौला बेच्ने ६ जना जेल चलान


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीलाई प्रलोभनमा पारी भारत पुर्याएर मिर्गाैला बेच्ने गरेको आरोप लागेका ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

विभिन्न समयमा पक्राउ परेका प्रतिवादीविरुद्ध मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध कसुरमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले जेल चलानको आदेश गरेको सूचना अधिकारी दीपक श्रेष्ठले खबरहबलाई जानकारी दिए।

जेल चलान हुनेमा राजकुमार परियार, श्याम कृष्ण भण्डारी, सुजन गिरी भन्ने सुजन भारती, राकेश नेपाली, समीर नेपाली र राजु तामाङ भन्ने राजु घलानलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको हो। उनीहरूलाई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ।

प्रहरीका अनुसार प्रतिवादीहरूले भारतको विभिन्न सहरमा आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई भारत पु¥याएर विभिन्न क्लिनिकहरूमा अवैध रुपमा मिर्गौला झिकी भारतबाट नेपाल ल्याई छाडिदिने गरेको अनुसन्धानमा खुलेको छ।

पीडितले दिएको जाहेरीका आधारमा प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा समीर नेपालीलाई साउन २१ गते काठमाडौंको नयाँबसपार्कबाट, राकेश नेपालीलाई २२ गते टोखा बानियाँटारबाट, राज कुमार परियारलाई पाचँखाल–१० काभ्रेबाट, श्याम कृष्ण भण्डारीलाई भदौ ११ गते कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमानाका र उनका सहयोगी सुजन गिरी भन्ने सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा वीरगञ्जस्थित सिमानाकाबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा, राजु तामाङ भन्ने राजु घलानलाई भदौ १४ गते र सबिन पन्तलाई भदौ १५ गते पक्राउ गरिएको थियो।

उनीहरूले नेपालीलाई भारत लगेर ६ लाख रुपैयाँमा मिर्गौला तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यो गिरोहले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र धादिङ्गका गरिब नागरिकको खोजी गरेर मिर्गौला निकाल्न भारत लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ।

मिर्गौला दिने मानिस खोजेबापत बिचौलियाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ पाउने गरेका थिए। ३–४ दिन अस्पताल राखेपछि गाडीमा नेपाल फर्काउने गरेका थिए। मिर्गौला दिने मान्छेलाई ६ लाख दिने भने पनि प्रहरीमा उजुरी गरेका एक जना पीडितले भने ५ हजार रुपैयाँ मात्रै पाएको बताएका छन्।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ०५ बजे

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा