सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र « Khabarhub

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलनको तयारी गरिरहेका छन्। यसैबीच आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बोलाएर उनीसँग छलफल गरेका छन्।

उनको आन्दोलन र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै छलफल गरिएको थियो। उक्त छलफलमा प्रसाईँले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको बताए।

उनले उक्त छलफलकै क्रममा वार्तामा बस्न तयार रहेको व्यहोराको पत्र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्।

गृहमन्त्रालयले आन्दोलनरत प्रसाईंसहित विभिन्न समूहलाई वार्ताबाटै समाधान खोज्न आह्वान गरेको थियो। आइतबारका छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईं आन्दोलनमा गए आफ्नै लागि घातक हुन सक्ने भन्दै चेतावनी दिएका थिए।

त्यसलगत्तै प्रसाईँले आफू तत्कालै आन्दोलनको तयारीमा नरहेको र वार्तामा बस्न तयार भएको बताएका थिए। सरकारले जिम्मेवार ढंगले वार्ताका लागि आह्वान गरेको भनेर बैठकमै प्रसाईं आफैँले भनेका थिए।

यसअघि प्रसाईंले चेतावनीपूर्ण दिँदै आएका अभिव्यक्ति र सामाजिक सञ्जालको पोस्टको विषयमा पनि प्रमुख जिल्ला अधिकारीहरूले चासो राखेका थिए।

प्रसाईंले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो।

प्रसाईँ यसअघि नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीसहितलाई गाली गर्दै अभिव्यक्ति दिँदै आएकामा पछिल्लोपटक सुशीला कार्की नेतृत्वको सरकारको पनि सार्वजनिक अभिव्यक्ति दिँदै आलोचना गर्दै आइरहेका छन्।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : १४ बजे

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बुधबार राति भएको

दिपेन्द्रले पाकिस्तान सुपर लिग खेल्ने : इलामावाद युनाइटेडमा ६० लाखमा अनुबन्ध

काठमाडौं – नेपाली क्रिकेट टिमका उपकप्तान अलराउन्डर दिपेन्द्रसिंह ऐरीले पाकिस्तान

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन