जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा  | Khabarhub Khabarhub

जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा 


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको बताएकी छन् । 

आइतबार शिक्षा मन्त्रीमा नियुक्त भएकी शर्मा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गर्न पुगेकी हुन् । अवलोकनका क्रममा जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

आफू टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न गएको भन्दै उनले टिचिङ जेन-जी आन्दोलनमा घाइते भएका तीन जना उपचाररत रहेको जानकारी दिइन् । 

उनीहरूको राम्रोसँग उपचार भइरहेको मन्त्री शर्माको दाबी छ । उनका अनुसार तीन जनामध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।

आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले समवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’ 

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : १४ बजे

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित