जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा  « Khabarhub

जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी भएको छैन : स्वास्थ्यमन्त्री शर्मा 


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको बताएकी छन् । 

आइतबार शिक्षा मन्त्रीमा नियुक्त भएकी शर्मा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गर्न पुगेकी हुन् । अवलोकनका क्रममा जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

आफू टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न गएको भन्दै उनले टिचिङ जेन-जी आन्दोलनमा घाइते भएका तीन जना उपचाररत रहेको जानकारी दिइन् । 

उनीहरूको राम्रोसँग उपचार भइरहेको मन्त्री शर्माको दाबी छ । उनका अनुसार तीन जनामध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी गरेर उपचार भइरहेको छ ।

आन्दोलनका घाइतेहरूलाई भेटेपछि मन्त्री शर्मा गौतमले समवेदना व्यक्त गर्दै भनिन्, ‘यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ ।’ 

उनले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग उपचारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि मन्त्रालयबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : १४ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण