‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती « Khabarhub

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी २’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ०८० सालमा प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

‘जारी’का केही घटनालाई विकसितरुप दिएर ‘जारी २’मा प्रस्तुत गरिएको छ । पहिलो भागमा विवाहका लागि इच्छुक विजय बरालले दुलही भित्र्याएको ‘जारी २’को ट्रेलरमा देखाइएको छ । विजयको दुलहीका रुपमा नायिका श्रृजना निङ्लेखुको प्रवेश भएको छ ।

फिल्मका शीर्ष कलाकार दयाहाङ राई र मिरुना मगरको छोरी ठूली भएको ट्रेलरमा देखाइएको छ । ‘जारी’को अन्तिममा मिरुनाले छोरीको जन्म दिएकी थिइन् ।

फिल्ममा दम्पतीको भूमिकामा रहेका दयाहाङ र मिरुनाको घर झगडा ट्रेलरमा समावेश गरिएको छ । पहिलो भागमा जस्तै श्रीमान्सँगको झगडाले मिरुना माइती फर्किएको देखाइएको छ । उनी छोरीलाई घरमै छाडेर माइती फर्किएकी छन् ।

मिरुना माइती फर्किएको लामो समयसम्म पनि घर नफर्किएको ट्रेलरले बताउँछ । सोहीकारण माइतीमा उनको अर्को विवाहका लागि समेत कुरा चल्छ ।

अब मिरुना दयाहाङलाई जारी तिरेर अर्को विवाह गर्छिन् कि गर्दिनन् वा दयाहाङसँग पुनर्मिलन हुन्छ ? यही सस्पेन्सको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारेको छ ।

यो फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो । निर्देशक र लेखक उपेन्द्र सुब्बा हुन् ।

ट्रेलर :

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ३० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको