मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा छठ पर्वको शुभकामना


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवान्को आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका हुन् । ‘यस पर्वले हामी सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने ।

छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबीचको सन्तुलन सन्देश दिने उनले उल्लेख गरेका छन् । 

‘यसले श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको अपरिहार्यताको बोध पनि गराउँछ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘पर्वले आपसी सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश बोकेको र हामी सबैलाई शान्ति, समृद्धि तथा उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

कोशी प्रदेश विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको विविधताले समृद्ध प्रदेश भएको उनले सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवर्द्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । मुख्यमन्त्री कार्कीले सन्देशमा भनेका छन्, ‘सबै समुदायको आपसी सम्मान, सहिष्णुता र एकतामा नै हाम्रो साझा बल र विकासको आधार रहेको मैलै विश्वास लिएको छु ।’ 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : १५ बजे

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका