ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते « Khabarhub

ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बागमती– पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छभने श्रीमती र छोरा घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नं को स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा परी स्कुटरको पछाडि सवार मृतकका श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ, दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ घाइते भएको र दुवै जनाको एलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ । 

ठक्कर दिने ग्यास बुलेटसहित चालक भारतको विहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : ०४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम