राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल « Khabarhub

राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : माधव नेपाल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गरिनुपर्ने बताएका छन्  । 

आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे। छठ पर्वले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा सामाजिक विकृति र विसङ्गति विरुद्धको लोकसांङ्गीतिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउँदै लगेको उल्लेख गरे।

ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा छठमा प्रस्तुत गरिने लोकगायन समसामयिक र सशक्त पक्ष भएको बताउँदै उनले विविधतामा एकता कायम राख्न यस पर्वले सहयोग पुर्‍याउने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले ‘सबै चाडपर्व सबै’को भन्ने धारणा विकाससँगै सद्‌भावपूर्ण तरिकाले छठ मनाउन आग्रह गर्दै यस पर्वबाट सामूहिकता र एकताको भावनालाई अभिवृद्धि गरिनुपर्ने बताए। 

मौलिक पर्वले विकास गरेका मूल्यमान्यता, सामाजिक परम्परा, भ्रातृत्व, असल संस्कार संरक्षणमा जोड दिने भन्दै उनले यसले व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : ०८ बजे

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका