रास्वपाद्वारा छठ पर्वको शुभकामना  « Khabarhub

रास्वपाद्वारा छठ पर्वको शुभकामना 


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।

छठ पर्वका अवसरमा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यस पर्वबाट प्राप्त प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् । 

आज छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उनले छठले आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित तथा सामूहिक सद्भाव तथा एकताको सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

‘छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकता अभिवृद्धिमा योगदान गर्दा विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै ल्याएको छ’, अर्यालले भने, ‘प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने लोक आस्थाको पर्व छठले नेपाली समाजको गहिरो धार्मिक सांस्कृतिक महत्त्व र पहिचानलाई जीवन्त राख्दै आएको छ ।’
 

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  २ : १७ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश