भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर « Khabarhub

भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री बिजनेस क्लासबाट भारततिर


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा भाग लिन सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

​अक्टोबर २७ देखि ३०, २०२५ (कात्तिक १०–१३) सम्म चल्ने यस सभामा उनले स्वच्छ ऊर्जा पहुँच र क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा अन्तरसम्बन्धका लागि नेपालको प्रतिबद्धता प्रस्तुत गर्ने कार्यक्रम छ ।

मन्त्री घिसिङले दिल्ली जाने क्रममा त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेनन् । उनी सर्वसाधारण यात्रुसँगै प्रस्थान कक्षमा बसेर जहाजसम्म पुगेका थिए ।

विमानस्थलको भीआईपी कक्ष नछिरेका ऊर्जामन्त्री घिसिङले नेपाल एयरलाइन्सको बिजनेस क्लासको सिट प्रयोग गरे । यसअघि शिक्षा मन्त्री महावीर पुनले पनि विमानस्थलमा भीआईपी कक्ष प्रयोग गरेका थिएनन्।

​नेपाल सन् २०८१ भदौ मा आईएसएको १०१ औँ सदस्य राष्ट्र बनेको थियो। मन्त्री घिसिङ दिल्लीबाट बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ४४ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब