‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित « Khabarhub

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती नौ दिनमा साढे ६ करोडमाथिको व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले असोज ३१ देखि कात्तिक ८ गते शनिबारसम्म गरी नौ प्रदर्शन दिनमा ६ करोड ५१ लाख ४६ हजार ५०१ रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

यो अवधिमा एक लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डले दशैँमा प्रदर्शनमा आएका तीन फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को समेत बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

अहिलको अवस्थामा ‘हरिबहादुरको जुत्ता’ हलबाट उत्रिसकेको छ । ‘बलिदान’ र ‘माइतीघर’ अहिले दैनिक एक–दुई शोका साथ प्रदर्शनरत छन् ।

बोर्डको तथ्यांकअनुसार सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने दशैँमा प्रदर्शनमा आएको फिल्म ‘बलिदान’ हो । यसले गत शनिबारसम्म ५ करोड ७ लाख ३१ हजार ग्रस कलेक्सन गरेको छ ।

दोस्रो सबैभन्दा बढी व्यापार गर्ने फिल्म भने ‘हरिबहादुरको जुत्ता’ हो । यसले गत शनिबारसम्म ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको बोर्ड बताएको छ ।

त्यस्तै ‘माइतीघर’ले उक्त अवधिमा ४ करोड १२ लाख १७ हजार रुपैयाँ बराबर ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ३४ बजे

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना