‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित « Khabarhub

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती नौ दिनमा साढे ६ करोडमाथिको व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले असोज ३१ देखि कात्तिक ८ गते शनिबारसम्म गरी नौ प्रदर्शन दिनमा ६ करोड ५१ लाख ४६ हजार ५०१ रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

यो अवधिमा एक लाख ९९ हजार ३९६ वटा टिकट बिक्री भएको बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डले दशैँमा प्रदर्शनमा आएका तीन फिल्म ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को समेत बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

अहिलको अवस्थामा ‘हरिबहादुरको जुत्ता’ हलबाट उत्रिसकेको छ । ‘बलिदान’ र ‘माइतीघर’ अहिले दैनिक एक–दुई शोका साथ प्रदर्शनरत छन् ।

बोर्डको तथ्यांकअनुसार सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने दशैँमा प्रदर्शनमा आएको फिल्म ‘बलिदान’ हो । यसले गत शनिबारसम्म ५ करोड ७ लाख ३१ हजार ग्रस कलेक्सन गरेको छ ।

दोस्रो सबैभन्दा बढी व्यापार गर्ने फिल्म भने ‘हरिबहादुरको जुत्ता’ हो । यसले गत शनिबारसम्म ४ करोड ७० लाख ग्रस कलेक्सन गरेको बोर्ड बताएको छ ।

त्यस्तै ‘माइतीघर’ले उक्त अवधिमा ४ करोड १२ लाख १७ हजार रुपैयाँ बराबर ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ३४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध