सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने « Khabarhub

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह ४ बजेपछि वार्ताको समय तोकिएको छ।

खरेलका अनुसार विभिन्न समूहका जेन-जी प्रतिनिधि, विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरू वार्तामा बस्ने छन्।

यस्तै खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी र दलहरूसँग वार्ता गर्ने लागेको बताएका छन् ।

‘सरकार निर्वाचनको वातावरण सिर्जना गर्न पूरापूर लागिरहेको छ। यसैलाई लिएर हामीले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग वार्ता गर्दैछौँ’, खरेलले खबरहबलाई भने, ‘हामी कुनै राजनीतिक दललाई निषेध गरेर निर्वाचनमा जाने मुडमा छैनौँ । जेन-जीको भावनाविपरीत निर्वाचनमा जान लागेका होइनौँ । सबैलाई समेटेर निर्वाचन कार्यक्रम अगाडि बढ्ने छन्।’

यसअगाडि प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलका प्रतिनिधिहरूलाई बोलाएर पहिलो पटक बालुवाटारमा वार्ता गरेकी थिइन्।

त्यही वार्तामा कार्कीले जेन-जी र राजनीतिक दलहरूसँग अर्को वार्ता गर्ने प्रस्ताव उनले राखेकी थिइन् ।

उक्त प्रस्तावलाई विभिन्न राजनीतिक दलहरूले स्वीकार गरेका थिए। यता जेन-जीले पनि वार्ताका लागि तयार भएको भन्दै दलहरूलाई वार्तामा बोलाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ०५ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन