वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित « Khabarhub

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित भएका छन् । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनलाई ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो । 

वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेबापत उनलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताए। माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टंकमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ । 
    
व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टंकमणि नेपालको स्मृतिमा टंकमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।   

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गरे। प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताए। 

स्मृतिग्रन्थ समीक्षक प्राध्यापक बद्री विशाल भट्टराईले भोजपुरको टेम्के मैयुङमा जन्मिनुभएका नेपाल ९१९९७-२०८०० भाषाप्रेमी प्राज्ञिक व्यक्तित्वका रुपमा रहेकाबारे चर्चा गरे। 

प्रतिष्ठानका अध्यक्ष नेपालले ग्रन्थमा लामो समय प्राध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील स्वर्गीय नेपालको अनवरत क्रियाशीलता, शालीन जीवनशैली र वाङ्मय क्षेत्रमा गरेका कार्यका विविध पाटालाई उजागर गर्ने सामग्री समावेश गरिएको बताए।   

कार्यक्रममा विद्यादेवी दाहाल पुरस्कार भोजपुका दुई छात्रा योजना फुयाल र विनिता विष्टलाई अर्पण गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ०१ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६