मिथिलाञ्चल छठमय धुनमा झुम्दै « Khabarhub

मिथिलाञ्चल छठमय धुनमा झुम्दै


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा–  ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय
    मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय
    सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय’

यति खेर यस्तै लोकगीत सङ्गीतले जनकपुरधामसहित सारा मिथिलाञ्चल छठमय बनेको छ । अहिले गाउँ, सहर, बजार चोक चौराहा सबैतिर छठ गीतको धुनले सारा माहौल छठमय धुनमा झुमेको छ । जताततै छठको बाहेक अरू केही कुरा सुनिँदैन अहिले ।

    ‘काँचहि बाँसके टोकरिया हो दीनानाथ
    टोकरी लचकत जाय
    बाटमे पुछए जे बटोहिया
    टोकरी केकर जाय
    आन्हर होयबे रे बटोहिया
    अरघक टोकरी छठि मायके जाय ।’

छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुवैको छठ पर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौण रूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एकअर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।

आस्थाको महापर्व छठ पर्वको आज तेस्रो र मुख्य दिन बर्तालुले अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिँदै छन् । छठको दोस्रो दिन खरना सम्पन्न भएसँगै सोमबार अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई पूजाआजा गर्ने परम्परा छ । सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ । सारा सृष्टि र मानवजगत्लाई उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको पाइन्छ । छठ पर्व विशेषगरी कृषकको पर्वका रूपमा रहेको छ । यस पर्वमा सूर्यको प्रकाश र जलको महत्वलाई विशेष रूपमा जोडेको देखिन्छ ।

सूर्य र जलकै कारणले मानव जीवनमा उज्यालो आएको र मानवले यही सूर्य र जलकै कारणले फलफूल, तरकारीदेखि अन्नबाली उब्जनीमा महत्वपूर्ण भूमिका रहेकाले पनि समानता, भेदभावरहित, छुवाछूतरहित सबै एकापसमा मिलेर सूर्यको आराधनासँगै छठी मैयाको पूजाअर्चना गर्ने परम्परा रहेको साहित्यकार तथा संस्कृतविद् राजेन्द्र विमलले बताए। उनले छठ पर्व प्रकृतिको पूजनका रूपमा रहेको बताए।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : २७ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय