मधेशका गाउँगाउँमा मनाइयो छठ « Khabarhub

मधेशका गाउँगाउँमा मनाइयो छठ


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छठको लागि पर्सा जिल्लाको जिराभवानी गाउँपालिका सेढवा गाउँका व्रतालुहरू छठ घाटमा रात बिताउन घाट पुगी सकेका छन् ।

आज अस्ताउँदो सुर्यलाई अर्घ दिई कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । 

महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । 

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ५ : ४४ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको