नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्राले गरिन् दुई गोल « Khabarhub

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्राले गरिन् दुई गोल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।

त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : १३ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व