सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे « Khabarhub

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक एपरेल (पोसाक) पार्टनर हुने भएको छ। आइतबार सुदूरपश्चिमले टिमको आधारिक एपरेल (पोसाक) पार्टनरको निम्ति डीएआरजेसँग सम्झौता गरेको जनाएको हो।

सम्झौता कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश खड्का र लोकप्रिय नेपाली कपडा ब्रान्ड डीआरजेका मालिक डिल्लीराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार डीआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ।

उक्त कार्यक्रममा सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डीआरजेले उच्च गुणस्तरका खेल पोसाक उपलब्ध गराउने र यसले खेलाडीको प्रदर्शन तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

‘डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो। खेलाडीहरू र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोसाक चाहिन्छ,’ सीइओ खड्काले भने, ‘त्यसैले हामीले डीआरजेसँग सहकार्य गरेका छौँ। यसले सुदूरपश्चिमको पोसाकमा उच्चस्तरको गुणस्तर झल्काउने छ।’

कार्यक्रममा डीआरजेका मालिक जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको कुरा भएको बताए। ‘सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ। पछिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शन यो सिजन उपाधि जित्ने कुरामा विश्वस्त छु,’ जोशीले भने।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ३७ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।