दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो  « Khabarhub

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि पार्टीका लागि ऐतिहासिक दिन भएको बताएका छन्। 

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकार सम्मेलन गरेर प्रकाण्डले संसदीय निर्वाचन प्रणालीमा आफ्नो उपस्थिति रहने भएकाले आजको दिनलाई ऐतिहासिक दिन भनेको बताए । 

प्रकाण्डले अहिलेको आवश्यकतालाई नीतिलाई, जनताको मागअनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्ने माग समेत गरेका छन्।

उनले जनताको मुद्दाको कुरा, सिस्टमको कुरा चाहनाको कुरालाई आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन भएको दाबी समेत गरेका छन्।

‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन हुनेछ। निर्वाचनमा सहभागी हुने पहिलो दलको अभ्यास हामीले योपटक गर्दैछौँ। पार्टीको विधानमा यो नयाँ अभ्यास हो यसकारण मैले सबैको बीचमा यो ऐतिहासिक दिन हुन्छ भनेको हुँ।’ प्रकाण्डले अगाडि भने, ‘जनताको मुद्दाको कुरा सिस्टमको कुरा र चाहनाको कुरा आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक माध्यम र विधि निर्वाचन नै हो। वस्तुस्थिति अनुसार हामिले  नयाँ ठाउँमा हामीलाई उभ्याउनुपर्नेछ।’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ४१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको