जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान « Khabarhub

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका थप एक जना कारागार चलान भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका ४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान भएका हुन्।

जिल्ला अदालत काठमाडौँले भण्डारीलाई थुनामा पठाउन आदेश दिएको एसपी भट्टराईले बताए। भण्डारी समेतका आन्दोलनकारीले भदौ २४ गते कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार ३१ वर्षका अमृत गुरुङको हत्या गरेको आरोप छ।

गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा सडकमै फालिदिएका थिए। स्थानीयले उनलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगे पनि सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो।

निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका आफ्ना श्रीमानको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै उनकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाटै पक्राउ गरेर ल्याएको थियो। इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते पक्राउ परेका भण्डारीले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका थिए।

यसअघि महाराजगञ्ज बृत्तका दुई प्रहरीको हत्या आरोपमा चार जना कारागार चलान भइसकेका छन्। प्रहरीले थप व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ५९ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर