जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग « Khabarhub

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्।

मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरूसहित युनाइटेडका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।

छलफलमा सहभागी जेन–जेड युनाइटेडका प्रतिनिधिहरुले जेन–जी युवाहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गर्न माग गरेको बताएका छन्।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन–जी युवाहरूको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताइन्।

उनले जेन–जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन–जीहरू एक हुन आवश्यक रहेकोले सो अभियान जेन–जी युनाइटेड अभियान चलाइरहेको पनि बताइन्।

उनले जेन–जी समूहहरूलाई एकतावद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्नेकुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताइन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : २७ बजे

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर